पल शाह प्रकरण :पीडितले बयान फेरेपछि पूजाले भनिन्, ‘धन्यवाद भगवान्’

काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उनले उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।

पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ । स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्। पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

पीडितले नै बायन फेरेपछि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा लेख्दै भगवान्लाई धन्यवाद दिएकी छन् । शर्माले यस प्रकरणको सुरुवातदेखि पल शाहलाई साथ दिँदै आएकी थिइन् ।

उता, पीडितको पक्षमा रहेकी अभिवक्ता मोहना अन्सारीले भने सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, पुरुषार्थ को विजय कसरी हुन्छ । आज साक्षी भइयो !

पल-गायिका प्रकरण : पीडितले फेरिन् बयान

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार