चालु आर्थिक वर्षको ९ महिनामै व्यापार घाटा १३ खर्ब भन्दा धेरै

उच्च दरमा आयात बढ्दा विदेशी मुद्राको सञ्चितिमा गिरावट

चालु आर्थिक वर्षमा आयत बढेको छ । यो आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । चैत सम्ममा गत वर्षभन्दा ३२ प्रतिशतले आयात बढेको छ । फागुनसम्ममा भने आयात ३८ प्रतिशतले बढेको थियो ।

उच्च दरमा आयात बढ्दा विदेशी मुद्राको सञ्चितिमा गिरावट आएपछि राष्ट्र बैंकले पुष ५ गते २० वस्तु आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो । पुष ५ गते लिएको नीतिले अपेक्षा अनुसार आयात नरोकिएपछि माघ २४ गते राष्ट्र बैंकले थप २७ बस्तु आयात गर्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार