भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो ।
दमकलको सहायताले झण्डै आधामा डढेलो नियन्त्रण भएको थियो । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति हुनबाट जोगिएको छ ।
यही नजिक सैनीक आवासयी स्कुल र भक्तपुरको पुरानो ऐतिहासिक रानीपोखरी रहेको छ ।