काँग्रेस र जसपाका कारण पर्सामा गठबन्धनमा हलचल

वीरगञ्ज महानगरपालिकामा गठबन्धन भत्काउने गरी काँग्रेस र जनता समाजवादी पार्टी नेपालका नेताले विज्ञप्ति जारी गरेपछि हलचल मच्चिएको छ ।

काँग्रेसका पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्री र जसपा नेपालका पर्सा अध्यक्ष रामनारायण प्रसाद सिंहले शनिबार प्रेस विज्ञप्ति जारी गरी पर्साको वीरगञ्ज महानगरपालिकासहित १४ वटै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका थिए । तर त्यो विज्ञप्ति उनीहरुको व्यक्तिगत रहेको गठबन्धनमा आवद्ध दल जसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु बताउँछन् । ती दलका नेताहरुले आफू गठबन्धनकै पक्षमा रहेको र यो गठबन्धन कुनै पनि हालतमा भत्किन नहुने बताए ।

काँग्रेसका नेता अजय द्विवेदी भने काँग्रेसले जारी गरेको विज्ञप्ति आधिकारिक रहेको बताउँछन् । पर्सामा गठबन्धन नगर्ने कुराको जानकारी आफूहरुले केन्द्रलाई समेत गराइसकेको भन्दै उनले त्यसलाई प्रष्ट पार्न जिल्ला तहबाट त्यस्तो निर्णय सार्वजनिक गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार