भागबन्डाको टुंगो लाग्न अझै केही दिन लाग्छ : मन्त्री कार्की

सत्ता गठबन्धनको ‘निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक सकिएको छ । आइतबार दिउँसो बालुवाटारमा बसेको बैठकमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार चयन र उनीहरुलाई कसरी जिताउने भन्नेबारे छलफल भएको काँग्रेस नेता समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘निर्वाचनमा सिद्धान्त त कसरी जाने भनेर हामीले छलफल गरिसकेका छौ, अब यसलाई कसरी व्यवस्थित गर्ने र स्थानीय तहमा खडा गरेका उम्मेदवारलाई कसरी चयन गर्ने र निर्वाचित गर्ने भन्नेबारे छलफल भइरहेको छ’, कार्कीले आइतबारको बैठकपछि भने, ‘छलफल अरु एक दिन बढी चल्नसक्छ ।’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिको बैठकले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको सिट भागबण्डाबारे छलफल गर्ने भनिएपनि यसबारे कुनै ठोस छलफल हुन नसकेको नेताहरुको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार