विप्लवलाई प्रचण्ड–माधवकाे यस्तो आश्वासन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेत्रविक्रम चन्द‘विप्लव’लाई स्थानीय चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता हुने आश्वासन दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा महासचि विप्लवलाई स्थानीय चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता हुने आश्वासन दिएका हुन् ।

नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीकन अनुसार आइतबार विहान ८ बजेतिर नेपाल निवास कोटेश्वरमा प्रचण्ड,माधव सहित र विप्लवबीचको भेटमा तीन पार्टीका नेताहरुले तीन बुँदे सहमती कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

प्रचण्ड र माधवले प्रतिबन्धको अवधिमा जेलमा परेका नेता कार्यकर्ता रिहा गर्नुका साथै मुद्धा फिर्ता लिने बचन दिएको ओलीले बताए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमती गरेपनि कार्यन्वयन नभएपछि सत्तारुढ दलका नेताहरुलाई निरन्तर भेट्दै आएका छन् । तर, सरकारले चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता लिने भनेपनि अझै लिएको छैन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार