स्वयम्भूमा फेला परेको शवकाे पहिचान खुल्यो

काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा फेला परेका पुरूषको पहिचान खुलेको छ । गत शुक्रबार बिहान सवा ५ बजे काठमाडौं महानगरपालिका–१५ स्वयम्भू भगवानपाउँ नजिकै एक पुरूषको शव फेला परेको थियो। उनको अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो।

अहिले ती पुरूषको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतक ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका नरेश गौतम छन्।

घटनाको अनुसन्धान मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूरमा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।घटनाको अनुसन्धान प्रहरी वृत्त स्वयम्भूले गरिरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार