साताको पहिलो दिन आइतवार शेयर बजार मापक परिसूचक नेप्से झण्डै ३० अंकको घटेको छ ।यस दिन नेप्से परिसूचक २९ं६० अंकले घट्दै २ हजार ३८५।६४ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ५.१२ अंकले घट्दै ४५०.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन २४ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर देखिएको छ ।
नेप्सेका अनुसार, आइतवार कुल २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
यस दिन नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । यस दिन हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ ।