मलाई काम गर्न सहज वातावरण बनेन् : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानअनुसारको दायित्व पूरा गर्न आफूलाई सहज वातावरण बन्न नसकेको गुनासो व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ को उद्घाटन गर्दै सभामुख सापकोटाले आफुले गर्नुपर्ने दायित्य पूरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको बताएका हुन् ।

उचित वातावरण बनाउनका लागि आफूले पहल गरेपनि विभिन्न अप्ठ्यारो रहेको उनले सुनाए ।सभामुखको काम कानून निर्माणमा नेतृत्व गर्ने, गुणस्तरीय कानून निर्मााणका साथै बनेका कानूनको संसदीय निगरानी गर्नु रहेको भएपनि त्यसका लागि आवश्यक वातावरण बनाउने ठूलो कुरा रहेको सापकोटाको भनाइ छ ।

नेपाल कार्टुनिष्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सिलमा वैशाख ६ सम्म चल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार