प्रचण्ड, माधव नेपाल र विप्लव समूहका नेताहरुबिच भेटवार्ता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।भेटवार्ताका लागि उनीहरू नेता माधव नेपालको निवास कोटेश्वर पुगेका थिए ।

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाका अनुसार आइतबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको थियो । भेटमा विप्लव समूहबाट नेता बास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ पनि सहभागी थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार