नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले स्थानीय तह निर्वाचनमा तालमेल गर्न नहुने बताएकाे छ। आइतबार विहान बसेको बैठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेकाे भन्दै निर्वाचनमा तालमेल गर्न नहुने बताएकाे हाे ।
मेयर, उपमेयर र ३२ वटै वडाका अध्यक्ष अन्य दललाई छोड्न नहुने मत बलियो रहेको सचिव सुशन वैद्यले जानकारी दिए । ‘महानगर कार्यसमितिको बैठकले तालमेल गर्न हुँदैन भन्ने प्रष्ट म्याण्डेट दिएको छ । सबैजनाले कुनै पनि हालतमा गठबन्धन गर्न हुँदैन भन्नुभएको छ’, वैद्यले भने ।