महानगरको भागवण्डा भोलि टुंग्याउने गठबन्धनको निर्णय

सत्तारूढ गठबन्धनको बैठकले स्थानीय तहको चुनावका लागि भोलिसम्म महानगर–उपमहानगरबारे टुङ्गो लगाउने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले भोलिसम्ममहानगर र उपमहानगरको  प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो लगाउने   निर्णय गरेको हो । यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ ।

यस्तै बैठकले प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ । गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार