चरेससहित दुई जना पक्राउ

जुम्लामा प्रहरीले चरेससहित दुई जना पक्राउ परेका छन् । जुम्ला तातोपानी ५ का १९ वर्षीय टेकेन्द्र नेपाली र तिला ७ स्थायी वतन भई चन्दननाथ ५ राजासिम बस्ने ३२ वर्षीय हरिबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

अदालतबाट म्याद थप गरेर उनीहरूको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो समयमा लागूऔषध कारोबार र सेवन गर्नेको संख्या बढिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार