कांग्रेसबाट पोखरामा मेयरको आकांक्षा राख्न २५ हजार तिर्नुपर्ने

पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगर पालिकाको मेयर/उपमेयरको आकांक्षा राख्नमात्रै पनि क्रमश २५ र २० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको र स्थानीय तहकै चुनावमा ठूलो रकम खर्चिनुपर्ने बहस उठिरहेका बेला पोखरामा आकांक्षा राख्दा पनि शुल्क तिर्नुपर्ने भएको हो ।

पोखराको मेयर/उपमेयरका आकांक्षीलाई शनिबारदेखि आइतबार ४ बजेसम्मका लागि निवेदन दिन कांग्रेस महानगर समितिले आह्वान गरेको छ । मेयरका आकांक्षीले २५ हजार र उपमेयरको आकांक्षीले २० हजार रुपैयाँ तिरेरमात्र उम्मेदवारी दर्ता गर्नुपर्ने नियम राखिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कमिटीले २८ चैतमा परिपत्र गर्दै स्थानीय तहको निर्वाचनमा उम्मेदवारबाट कुनै पनि शुल्क नउठाउन निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्दा विधानविपरीत कुनै पनि प्रकारको रकम माग नगर्न केन्द्रको निर्देशन छ । तर, पोखरामा मेयर/उपमेयरको आकांक्षीबाट रकम उठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार