पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो गुटवाद भएको बताएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै खनालले ‘कम्युनिष्ट पार्टीको मार्गदर्शन पालना गर्नुपर्छ । कम्युनिष्ट पार्टीको नेतृत्वबाट मात्रै समाजवाद निर्माण हुन्छ । पार्टीभित्र विद्रोह आवश्यकता रहेकाले हामीले विद्रोह गर्यौं,’ उनले भने । ठीक वैचारिक कार्यदिशा लिएर अगाडि बढ्दै गए देशको सबैभन्दा ठूलो पार्टी एकीकृत समाजवादी हुने उनको भनाइ थियो ।
‘केपी ओलीको नेतृत्वमा भएको पार्टीमा विकार र विकृति विकसित हुँदै गएको पनि खनालले बताएका छन् । उनले एकीकृत समाजवादी पार्टीलाई साँचो अर्थको क्रान्तिकारी र अनुशासित पार्टी बनाउनु पर्छ । गुटबन्दीको गन्ध आउन दिनु हुँदैन,’ उनले भने