मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली

नेकपा(एमाले) का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।”

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार