महिलाको मृत्युपछि धामीझाँक्रीसहित ७ जना पक्राउ

एक महिलाको मृत्युपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। बेतकोट नगरपालिका–६ की अन्दाजी ४३ बर्षीय रञ्चुली साउँदको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको जनाएको हो।

घटनाबारे स्थानीयले जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जनाकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा लामो समयदेखि मृतक महिलाको उपचार गर्दै आएका मुख्य धामी भीमदत्त नगरपालिका–७ हल्दुखालका ६० वर्षीय धर्मानन्द भट्ट, बेतकोटकै सहायक धामी भएर मृतक महिलाको उपचार गरेकी कमला साउँद, अर्को धामी भीमदत्त नगरपालिका ७२ बर्षीय नारायणदत्त भट्ट रहेका छन्। यस्तै, अन्य ४ जना उनकै साउँद परिवारका रहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार