तलिम सुपरस्टार विजयले नयाँ फिल्मका लागि लिए १ अर्ब पारिश्रमिक

तलिम सुपरस्टार थलपति विजयको नयाँ फिल्म बिस्ट रिलिज भएको छ । यो हेर्नका लागि सिनेमा घरबाहिर प्रशंसकको भीड उर्लिएको छ । थलपति विजयको गन्ती साउथका सबैभन्दा बढी पारिश्रमिक लिनेमा गनिन्छ । बिस्ट फिल्मका लागि उनले सय करोड अर्थात् १ अर्ब पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । फिल्म रिलिज हुँदा लगभग १० वर्षपछि विजयले टिभीमा अन्तरवार्ता दिएका छन् । यतिबेला उनले आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेका छन् ।

बाल्यकालमा आफ्नी बहिनीको मृत्युपछि चुप लागेर बस्ने विजय पहिला असाध्यै बोलक्कड र चञ्चले थिए । तर बहिनीको मृत्युले उनी भित्रैबाट टुटे । सानी बहिनीको मृत्यु भएको वर्षौं बितिसकेको छ तर उनी यो दुर्घटनाबाट अहिले पनि बाहिर निस्कन सकेका छैनन् । उनले आफ्नो प्रोडक्सन हाउसको नाम पनि आफ्नी ती बहिनीको नाममा राखेका छन् ।

साउथ सुपरस्टार विजयले १० वर्षपछि दिए अन्तर्वार्ता

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार