भरतपुरको मेयरबारे पनि छलफल भइरहेको छ, भोलिसम्म सबै टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्।

भरतपुर विमानस्थलमा शनिबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए।

उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ।’

निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। भरतपुर महानगरको मेयरका विषयमा पनि छलफल भइरहेको प्रचण्डले जानकारी दिए। केही समस्या हुँदैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार