तरकारी तथा फलफुलको मूल्य अहिलेसम्मकै उच्च, सरकार बेखबर

आफूखुसी मूल्य बढाउँदै व्यापारी

पछिल्लो समय दैनिक भान्छामा प्रयोग हुने तरकारी तथा फलफुलको मुल्य लगातार बढिरहेको छ । सब्जीमण्डीमा जाँदा केहि सस्तो परे पनि खुद्रा पसल र ठेलामा तरकारीको भाउ छोइ नसक्नु छ ।चैतमा अधिकतम् १५ रुपैयाँ प्रतिकेजी रहेको रायोको साग अहिले ११५ रुपैयाँसम्म पुगेको छ । चम्सुरको सागको मुल्य पनि त्यस्तै छ । ५० रुपैयाँ प्रतिकेजी औसत रहेको चम्सुर अहिले १५५ रुपैयाँ प्रतिकेजी परिरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ चैतमा रातो आलुको प्रतिकिलो मूल्य औसतमा २५ रुपैयाँ थियो । अहिले रातो आलु किलोको ३१ रुपैयाँ पर्छ ।१ चैतमा १५ देखि २० रुपैयाँ प्रतिकेजीमा पाएको स्थानीय काउली शुक्रबार ५० देखि ६० रुपैयाँ प्रतिकेजीमा उपभोक्ताले किनिरहेका छन् ।१ चैतमा १७ रुपैयाँ प्रतिकेजी पाइने गाजर अहिले ३० रुपैयाँ प्रतिकेजी पर्छ । माछामा पनि प्रतिकेजी १० रुपैयाँ दरले महंगो भएको छ । २० देखि ३० रुपैयाँमा पाइने ब्रोकाउली अहिले ९० रुपैयाँ प्रतिकिलोसम्म परेको छ ।

भेँडे खुर्सानीमा एक महिनाको अवधीमा १५ रुपैयाँ प्रतिकेजी बढेको छ । चाइनिज लसुनदेखि नेपाली लसुुनसम्मको मूल्य नि १५–२० रुपैयाँ प्रतिकेजी बढिरहेको छ । धनियाँको मुल्यवृद्धि हेर्दा निम्न र मध्यम वर्गको परिवारले उपभोग नै गर्न नसक्ने अवस्था छ । हरियो धनियाँ एक महिनाको अवधीमा १२ गुणा बढि मुल्यवृद्धि भएको देखिएको छ । समितिका अनुसार १ चैतमा औसतमा ३५ रुपैयाँ प्रतिकेजी परेको हरियो धनियाँ शुक्रबार ४ सय ५० सम्म पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार