नेपालको गणतन्त्रको बाटो पूर्ण रुपमा असफल भयो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको गणतन्त्रको बाटो पूर्ण रुपमा असफल भएको बताएका छन्। देशका ठूला दलहरुले विदेशीको प्रभावमा परेर राजसंस्था फालेको अरोप लगाए।

राप्रपा चितवनले भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले पन्ध्र वर्षको गणतन्त्रको यात्रा असफल भएको बताउँदै राजसंस्था र हिन्दु राष्ट्र नेपालको स्थायित्वको आधार भएको बताए। काँग्रेस, एमाले र माओवादीलाई बाटो सच्चाउन आग्रह गरेका छन्। ‘हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो।

त्यहाँ पनि यहाँ जस्तै विदेशीहरुले प्रजातन्त्रको नाममा राजसंस्थाको विरुद्ध आन्दोलन गर्न उक्साउदा राजसंस्थाको अन्त्य भो। आज विश्व मानचित्रमा सिक्किम भन्ने देश कही पनि छैन,’ उनले भने , ‘आज त्यही खतरा आज हाम्रो देशलाई पनि छ। नेपालको स्थायीत्वको लागि अभिभावकीय संस्था राजसंस्था चाहिन्छ भनेर हामी हिडेका हौं। ’

अध्यक्ष लिङ्देनले सिमित राजनैतिक दल र तीनका नेताले देशलाई बन्धक बनाएको आरोप लगाए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार