तुलसीपुरमा पार्किङमा रहेको भारतीय कारमा तीन बालकको शव भेटियो

तुलसीपुरमा पार्किङ गरी राखिएको भारतिय नम्बर प्लेटको कारभित्र तीन बालकको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सीसी ०८८५ नम्बरको कारभित्र तीन बालकको शव फेला परेको हो ।

उक्त कार चार महिनादेखि सोही स्थानमा पार्किङ गरेर राखेको खुलेको प्रहरीले जनाएको छ । मृत भेटिएका बालकहरूको पहिचान खुलेको नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । ‘मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र पुगे भनेर अनुसन्धान सुरू नभएसम्म केही भन्न सक्ने अवस्था छैन,’ डिएसपी सिंहले भने, ‘अहिले हामीले गाडीभित्र तीन वटा शव मात्रै देखेका छौं, शव निकालिसकेका छैनौं ।’ प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार