बजारमा सुनको मौज्दात सकियो

विवाहको मुख्य सिजनमै बजारमा काचो सुनको मौज्दात सकिएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन स्रोतले बतायो ।

चैत २१ अघिसम्म काठमाडौं उपत्यकाभित्र ५ र बाहिर ५ किलो वितरण गर्ने गरी बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे । बैंकर्स एसोसिएसनकाअनुसार २२ वटा वाणिज्य बैंकले दैनिक पालो(पालो कोटाको सुन आयात गर्ने गरेका थिए । बजारमा नयाँ गहना बनाउने सुन अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले पुष्टि गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार