अर्जुन दास हत्या प्रकरण : काम खोज्न आउँदा पक्राउ परे ४ जना

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न रहेको आरोपमा   प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा, सुमित साउद छन्। महानगरीय अपराध महाशाखा टोलीका अनुसार उनीहरुलाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई महाशाखाको टोलीले पक्राउ गरेर काठमाडौंमा ल्याएर आज सार्वजनिक गरेको हो ।

गत पुसमा जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अर्जुन दास मृत फेला परेका थिए। टाउको काटेर छुट्याएर रुखमा बाँधेको अवस्थामा दासको शव भेटिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार