पोखरा महानगरको मेयर र उपमेयर उम्मेदवार छान्नका लागि एमालेले आन्तरिक निर्वाचन गर्ने भएको छ । शुक्रबार दिउँसो एक बजेटबाट मतदान सुरु गरिने मेयरका आकांक्षी एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले जानकारी दिए ।
मेयर–उपमेयरमा आकांक्षी बढेपछि एमाले पोखराले आन्तरिक चुनावबाट उम्मेदवार छान्न लागेको हो। मेयरमा २ जना र उपमेयरमा ३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारील उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवन प्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाले उमपेयरमा उम्मेदवारी दर्ता गराएका छन्। सहमति जुट्न नसकेपछि पोखरा महानगरपालिकाको मेयर तथा उपमेयर छान्न नेपाल कम्युनिस्ट पार्टी ९एमाले० पोखरा महानगर कमिटीले शुक्रबार पार्टीभित्रै निर्वाचन गर्न लागेको हो।