एमालेमा फर्किए एकीकृत समाजवादीका दैलेख जिल्ला सचिव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दैलेख जिल्ला सचिव मानबहादुर खड्का नेकपा एमालेमा फर्किएका छन्। खड्कालाई नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी तथा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले पार्टीमा स्वागत गरेका छन्।

एमाले दैलेखको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा खड्कालाई एमालेमा स्वागत गरिएको हो। उक्त अवसरमा एमाले नेताहरु नन्दकिशोर बस्नेत, दानबहादुर थापा, चन्द्रा रेग्मी, याम नारायण उपाध्याय, शान्तिप्रसाद शर्मा लगाएको उपस्थिति थियो।

२०४६ सालदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएका खड्का एमाले विभाजनपछि एकीकृत समाजवादीका जिल्ला सचिव बनेका थिए। एमालेमा फर्किएका नेता खड्काले पार्टी विभाजनपछि नेकपा (एकिकृत समाजवादी) को जिल्ला सचिवको रुपमा रहेर काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार