अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिने

अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख रुपैयाँ अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाईँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् ।

आज अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाईँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका हुन् । “कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ”, उनको ट्विटमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार