काठमाडौँको स्वयम्भुमा एक युवकको शव भेटिएको छ । स्वयम्भुको भगवानपाउमा करिब २५ वर्षीय युवकको शव भेटिएको हो । आज बिहान अनुहारमा चोट लागेको अवस्थामा जंगलमा शव भेटिएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाको फरेन्सिक टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।