कैलाली हत्या प्रकरण : भारतबाट ४ जना पक्राउ

कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट समेत खटिएको टोलीले ४ जनालाई भारतबाट पक्राउ गरेको हो।

दास हत्या घटनाका मुख्य अभियुक्त प्रहरीलाई नै चुनौती दिँदै हिँडे पनि पक्राउ पर्न सकेका थिएनन् । कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेलापरेको थियो। अमरावती सामुदायिक जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो। पक्राउ परेकाहरुलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

कैलालीमा युवकलाई नग्न बनाउँदै विभत्स हत्या, अडियो बाहिरियाे

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार