तस्कर समूहको आक्रमणबाट दुई जना वन कर्मचारी घाइते

रौतहटमा काठ तस्कर समूहको आक्रमणबाट एक जना फोरेस्टर सहित दुई जना वन कर्मचारी घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका फोरेस्टर शम्भु महतो र सशस्त्र बन रक्षक रत्न बहादुर बुढाथोकी घाइते भएका हुन् । ​फोरेस्टर महतोको टाउकोमा गहिरो चोट लागेको छ ।

उनको चन्द्रपुर अस्पतालमा उपचार भएको डिभिजन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् । त्यसैगरी वन रक्षक थापाको जिउभरी चोटपटक लागेको र उपचारपछि उनी हान जिल्ला वन कार्यालयमा रहेको प्रमुख यादवले बताएका छन् ।

फोरेस्टर महतो र बन रक्षक बुढाथोकी गएराति सिमरी गाउँतर्फ गस्तीमा गएका थिए । गस्तीको क्रममा राति १२ बजे सिमरी गाउँ छेउमा दुईजना तस्कर मोटरसाइकलमा काठ चोरेर गैरहेका थिए । गस्ती टोलीलाई देखेर तस्करहरु काठ सहितको मोटरसाइकल त्यहीँ छोडेर भागे । गस्ती टोलीमा २ जनामात्र रहेको थाहा पाएपछि उनीहरु सिमरी गाउँबाट थप केही मानिस बोलाएर फोरेस्टर सम्भु महतो र बन रक्षक रत्न बुढाथोकीमाथि आक्रमण गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार