नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा एक हजार ५ सय रुपैयाँले बढेर एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि बढेको छ । बुधबार एक हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।