श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

मोरङकोमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गरेर ३२ वर्षीया पानो टुडुको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार नारायणले मादक पदार्थ सेवन गरेर चैत २९ गते श्रीमतीलाई कुटपिट गरेका थिए ।कुटपिटबाट घाइते भएकी पानोको उपचारका क्रममा बिहीवार राति विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमती हत्याका आरोपी नारायण फरार रहेकाले खोजी तीव्र पारेर घटनाको अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार