आसन्न स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट सातजनाको नाम सिफारिस भएको छ ।
कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति मेयरमा शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।
कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ ।