दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरलाई

दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । बिहीबार नुवाकोटको गुप्तेश्वरमा भएको हेविवेटमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बनेका हुन् ।डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुन् । जितसँगै नुवाकोटे टाइगरले नगद ८५ हजार प्राप्त गरेका छन् ।

महिलातर्फको उपाधि टनुले जितेकी छन् । उनले आकृतीलाई हराएकी थिइन् । उनले ४० नगद प्राप्त गरिन् । ट्र्याक टिम म्याच सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले पराजित गरे । स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार प्रप्त गरे ।

उनीहरुलाई शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठले पुरस्कार प्रदान गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार