निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन आग्रह

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान छपाई भैसकेको जनाएको छ । अहिले दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाए ।

आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्न ६५ वटा संस्थाले निवेदन दिएका छन्ज । त्यस्तै, आयोगले निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

पछिल्लो समय सत्तारुढ दलकै नेताहरुले निर्वाचनको बारेमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले यस्तो बताएको हो । केही नेताहरुले नेत्रविक्रम चन्द विप्लवलाई पनि भाग लिने वातावरण बनाउने नाममा निर्वाचन सार्न सकिने अभिव्यक्ति दिएका थिए । यही विषयमा केन्द्रित रहेर आयोगले निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन ध्यानाकार्षण गराएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार