उच्च शिक्षा लागि विदेश जाने विद्यार्थीलाई रोक्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरूलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन्। उनले विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्न सके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताइन्। स्वदेशमै उच्च शिक्षा दिन सके स्वावलम्वी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरिन्।

शुक्रबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा शुरु आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालबाट उच्च शिक्षाका लागि बर्सेनि हजारौँ विद्यार्थी विदेश पलायन भइरहेको भन्दै यसक्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्थाहरू निर्माण गरी विदेशी विद्यार्थीहरूको अध्ययनको गन्तव्य बनाउन सकिने बताइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार