चौकीदारको सरुवा भएपछि झुम्का कारागारमा झडप, २५ जना घाइते

काठमाडौं । झुम्का कारागारका चौकीदार सरुवा भएपछि लफडा भएको छ ।सुनसरीको रामधुनीमा रहेको झुम्का कारगारका ‘ए ब्लग’का चौकीदार जोन नाल्बो र ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राईको सरुवा भएपछि लफडा भएको हो ।सरुवा भएपछि को चौकीदार बन्ने भन्ने विषयमा दुई समूहबीच झडप भएपछि २५ जना घाइते भएका छन् ।

झुम्का कारगारका जेलर प्रदीप शाहका अनुसार बुधबार दिउँसो ‘ब्लक बी’ का कैदीबन्दीको समूहले झडप गर्दा २५ जना घाइते भएका छन् । जसमध्ये ६ जनालाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने बाँकी अन्यको सामान्य उपचारपश्चात कारागारमै रहेको शाहले जानकारी दिए ।

झुम्का कारागारको ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राई र ए ‘ब्लग’का जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको समयमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार