काठमाडौं । पर्साको ठोरी गाउँपालिकाका एक स्थानीयलाई नयाँ बर्षको पहिलो दिन नै घर जलेर विपत्ति आइलागेको छ। ठोरी गाउँपालिका वडा नम्बर १ का जित बहादुर विकको घर जलेर नष्ट भएको हो।
बिहीबार मध्यान्ह विद्युत सर्ट भई घर आगलागी भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ। वीरगन्ज र पोखरिया गएका दमकल, स्थानीय र सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी विओपि कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर कोइरालाले बताए।
आगलागीबाट करिब १५ लाख मूल्य बराबरको लत्ताकपडा र धनमाल जलेर नष्ट भएको उनको भनाइ छ।