मोरङ — बेलबारी नगरपालिका ७ बाहुनीमा अंश विवाद क्रममा दुई दाजुभाइबीच भएको झडपमा परी बुबाको ज्यान गएको छ ।अंशको निहुँमा दाजुभाइबीच झगडा हुँदा ६० वर्षीय जयबहादुर कार्कीको मृत्यु भएको हो ।
जयबहादुरका दुई छोरा बासुदेव कार्की र तीर्थ कार्कीबीच विवाद हुँदा उनको मृत्यु भएको प्रहरले बताएको छ । घटना के कसरी भयो भन्नेबारे प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
दुई भाइको विवादमा झडप हुँदा घाइते भएका जयबहादुरको न्यूरो अस्पतालमा मृत्यु भएको उनले बताए । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए ।