स्थानीय निर्वाचनका लागि अहिले सम्म ३६.२५ प्रतिशत मतपत्र छापियो

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ।

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ’, निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको छ ।’

आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६.२५ छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार