ललितपुरबाट ८ लाख नगद सहित ११ जुवाडे पक्राउ

ललितपुर। गोदावरीबाट प्रहरीले तास खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार