राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहीवार राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री खनाललाई पदक प्रदान गरेकी हुन् ।
गएको ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण आज प्रदान गरिएको हो । संविधान दिवसका अवसरमा सरकारले नौ सय तीन जनालाई मान(पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।