अमेरिकाको सब–स्टेसनमा अन्धाधुन्ध गोली हान्ने संदिग्ध पक्राउ

काठमाडौं । अमेरिकाको ब्रुकलिन सब–स्टेसनमा मंगलबार अन्धाधुन्ध गोली प्रहार गर्ने व्यक्ति पक्राउ गरेका छन् ।प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ६२ वर्षीय फ्रेन्क आर जेम्सलाई पक्राउ गरेको हो। प्रहरीले जानाकारी गराए अनुसार उक्त घटनाका उनी एक मात्र आरोपित हुन भने करिब ३० घण्टाको खोजी पछि उनलाई बुधबार दिउसो पक्राउ गरिएको हो ।

सब–स्टेसनमा रहेको सिसीक्यामरा बिग्रिएको कारण उनको खोजीकार्य ढिला हुन पुगेको प्रहरीको भनाई छ । प्रहरीले मंगलबार नै घटनास्थलबाट आक्रमणमा प्रयोग भएको भ्यान, एउटा पेस्तोल, पेट्रोलले भरिएको कन्टेनर र फ्रेन्क जेम्सको नामको एक क्रेडिट कार्ड पनि फेला परेको थियो ।

उक्त आक्रमणमा परी दर्जनौँ सर्वसाधरण घाइते भएका थिए । फ्रेन्क उक्त घटनामा दोषी साबित भएमा उनलाई आजीवन जेल सजाय हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार