प्रदर्शनको पहिलो दिन ‘ए मेरो हजुर ४’ लाई दर्शकको उत्साहजनक साथ

नयाँ वर्षको अवसर पारेर फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको छ। फिल्मले बिहानको शोमा दर्शकको राम्रो साथ पाएको छ।बिहानी शो सिंगलदेखि मल्टिप्लेक्ससम्म हाउसफुल भएको छ। देशकै ठूलो मल्टिप्लेक्स क्युएफएक्समा पनि हाउसफुल रहेको बताइएको छ ।

बुधबार बिग मुभिजमा ‘ए मेरो हजुर ४’ को प्रिमियर राखिएको थियो। कलाकारहरुले प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।

झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ। फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार