एमालेभित्र ८० प्रतिशत इमान्दार कम्युनिष्ट छन् : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा सबै खराब नभएको बताएका छन् । बिहीबार माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भित्र तीन वर्ष बसेर हेर्दा ८० प्रतिशत इमान्दार कम्युनिष्ट रहेको धारणा राखेका हुन् ।

‘एमालेमा सबै खराब छन् भन्ने सोच्न हुँदैन’ प्रचण्डले भने, ‘एमाले भित्र त मैले, हामीले तीन वर्ष बसेर हेरेउ नि त, को–को कस्ता रहेछन् भनेर हेर्दा त्यहाँ पनि ८० प्रतिशत इमान्दार कम्युनिष्ट छन् । क्रान्ति भइदियोस् भन्ने चाहना राख्ने छन् ।’

प्रचण्डले एमाले नेतृत्वले धेरै भ्रम दिएर उनीहरुलाई राखेकाले एमालेभित्र बन्दी बनेर बसेकालाई मुक्त गर्नुपर्ने समेत बताए ।

माओवादी नफुटेको भए माओवादी र एमाले एकता हुँदा माओवादी ६०, एमाले ४० प्रतिशतको भागबण्डा हुने स्मरण गरे । उनले माओवादीलाई घेराबन्दी गर्ने विपक्षीको रणनीति भएकाले सचेत हुनुपर्ने बताए । प्रचण्डले माओवादी विभाजित हुँदा प्राप्त उपलब्धि गुम्ने, माओवादीका मुद्दा सिद्धाउने र कमजोर पार्ने, इतिहास धुमिल हुने भएकाले माओवादीहरु एक हुनुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार