काठमाडौं । बारामा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ । भने १३ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका–२१ आधारभार जंगलमा बा १९ च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् ।
दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।