गोहीलाई हानेको गोली लागेर एक युवकको मृत्यु

काठमाडौं । नदीमा रहेको गोहीलाई मार्न चलाएको गोली लागेर बारामा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका १६ का २८ वर्षीय सागर सिंजालीको मृत्यु भएको हो ।

धर्मनगरस्थित बालगङ्गा नदीमा मगर सिकारीले चलाएको गोली लागेर बुधबार राति उनी घाइते भएका थिए । वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । सिकारीको खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार