यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसामा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ २७ पैसा र बिक्रीदर ९० रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा रहेको छ । यता जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार