बाराकाे जितपुर-सिमरा उपमहानगरपालिका-१६ मा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा २८ वर्षीय सागर सिंजाली मगरको रहेका छन् ।
प्रहरीका अनुसार सपरू घारीमा सिकारीले जंगली जनावर मार्न भरूवा बन्दुक पड्किँदा उनको मृत्यु भएको हो। भरूवा बन्दुक पड्किँदा उनी घाइते भएका थिए । घाइते भएका उनलाई बयोधा अस्पताल वीरगंज लगिएको थियो । त्यसक्रममा उनको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो ।
घटनास्थलमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली खटिएको छ। घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको छ। प्रहरी नायब उपरीक्षकका अनुसार बन्दुक कसको हो भन्ने खुलेको छैन ।