चुनावी तालमेलले कसैलाई पनि राम्रो गर्दै : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलले कसैलाई पनि फाईदा नगर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा आफ्नो ठाउँ कसरी बनाउने भन्ने छलफल हुनुपर्नेमा तालमेलको विषयले प्राथमिकता पाएको बताए । तालमेलले कसैलाई पनि राम्रो नगर्ने उनको जिकिर छ ।

“स्थानीय कुरा भन्दा पनि गठबन्धनको विषयले चर्चा पाएको छ । संसदीय व्यवस्थामा दलहरूबीच तालमेल नहुने होइन । हामी जुन तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदै छौँ, त्यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन । यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्दैन,” थापाले भने ।

उनले अहिले नेकपा (एमाले)ले जसलाई भेट्छ, उसलाई जोडिरहेको आरोप लगाए । बुधबार मात्रै एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपाल तथा एमाले र नेपाल परिवार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार